आर्थिक

हिमाली र पहाडी जिल्लामा हवाई उडान शुरु गर्ने सरकारको तयारी

हिमालय टिभी
२०७७ भदौ ९ गते १९:१५
हिमाली र पहाडी जिल्लामा हवाई उडान शुरु गर्ने सरकारको तयारी

९ भदौ, २०७७ काठमाडौं । भदौ १६ गतेखि शर्तसहित अन्तराष्ट्रिय उडान गर्न लागेको सरकारले सीमित जिल्लामा आन्तरिक उडान समेत सुरु गर्ने तयारी थालेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण कम भएका र निषेधाज्ञा नभएका हिमाली र पहाडी जिल्लामा आन्तरिक उडानको तयारी भइरहेको जानकारी दिनुभयो । दशै तिहारलाई मध्यनजर गर्दै आन्तरिक उडान सुरु हुने गरी तयारी थालिएको मन्त्री भट्टराईको भनाई छ ।

विदेशमा अलपत्र नागरिकलाई भदौ १६ गतेदेखि नियमित उडान मार्फत ल्याइने प्रकृया सुरु हुने समेत मन्त्री भट्टराईले बताउनुभयो । तर हाल भइरहेका चार्टर्ड उडान भने व्यवस्थित हुन नसकेको मन्त्री भट्टराईको स्वीकार गर्नुभयो ।

मन्त्री भट्टराईले ऋणमा रहेका बेला चिनियाँ जहाज नेपाली आकाशमा उडाउन उपयुक्त नदेखिएकै कारण ग्राउण्डेड गर्नुपरेको बताउनुभयो ।

तर अर्थ मन्त्रालयले दिने रायका आधारमा निर्णय हुने उहाँको भनाई छ । यस्तै पोखरा विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने दावी गर्दै उहाँले भैरहवा विमानस्थलमा कोरोनाका कारण कामदार आउन नसक्दा समस्या प्रष्टिकरण दिनुभयो ।

प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन ६० हजार रुखको गणना भइसकेको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *