खेलकूद

कोरोनाका कारण क्रिकेट संघको साधारणसभा अनिश्चितकालका लागि स्थगित

हिमालय टिभी
२०७७ भदौ ९ गते १७:२१
कोरोनाका कारण क्रिकेट संघको साधारणसभा अनिश्चितकालका लागि स्थगित

९ भदौ, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको साधारण सभा अनिश्चित समयका लागि स्थगित भएको छ ।

क्यानले एक विज्ञप्ति जारी गर्दै भदौको दोस्रो साता हुने भनिएको साधारण सभा स्थगित भएको जानकारी गराएको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा खेलकुदका सबै गतिविधि रोकिएका छन् ।

यही अवस्थालाई मध्येजनर गर्दै क्यानले अर्को सुचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरेको हो । क्यानको नयाँ कार्यसमिति आएपछि पहिलो पटक बिधान अनुसार बार्षिक साधारण सभा भैरहवामा गर्ने निर्णय गरेको थियो ।

क्यानले यस अघि भदौ १५ भित्र साधारणसभा गर्ने जनाएको थियो । गत साउन ५ गते बसेको क्यानको कार्यसम्पादन कमिटिको बैठकले मध्ये भदौ भित्र साधारणसभा सक्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्