सुनसरीका विभिन्न प्रहरी कार्यालयका २१ थुनुवासहित ३१ जनामा कोरोना संक्रमण पुष्टि
९ भदौ, २०७७, सुनसरी । सुनसरीमा मंगलबार विभिन्न प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
थुनुवाहरूमा कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १ र बराहाक्षेत्र नगरपालिकाका ३ जना छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार इनरुवा नगरपालिका ३ जना, इटहरीका ५ जना र धरान उपमहानगरपालिकाका ३ जनामा पनि कोरोना देखिएको छ ।
मधेशाका २ मध्ये एक अढाई महिने बालिकामा समेत कोरोना संक्रमण देखा परेको छ । स्वास्थ्य शाखा इनरुवाका अधिकृत सन्तोष देवका अनुसार मधेशा ६ बाट स्वाब संकलन गरिएका अझै ६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८५ पुगेको छ । जसमध्ये २०६ जना निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ
प्रतिक्रिया