९ भदौ, २०७७ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले सबै मिलेर शेरबहादुर देउवालाई सभापतिमा हराउनुपर्ने बताउनुभएको छ ।
देउवाका सबै गतिविधि महाधिवेशनमा फेरि उठ्नेमै केन्द्रीत रहेको भन्दै कोइरालाले उहाँलाई जसरी पनि रोक्नुपर्ने बताउनुभएको हो ।
सभापतिका लागि देउवा ईतर समूहमा थुप्रै नेताको दावी रहे पनि आफूले मात्रै हराउन सक्ने उहाँको दावी छ ।