आर्थिक
भैरहवा भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजश्व संकलन
२०७७ भदौ ८ गते १८:२७
८ भदौ, २०७७, भैरहवा । भैरहवा भन्सार कार्यालयले गत महिना लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
गत साउनमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई ५ अर्ब ९५ करोड ९३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । तर कार्यालयले ५ अर्ब ९६ करोड ४० लाख २८ हजार ३ सय ८ रुपैयाँ राजस्व असुली गरेको छ ।
जुन लक्ष्यभन्दा ४७ लाख रुपैयाँ बढी हो । विभागले भैरहवा भन्सार कार्यालयलाई यो वर्ष ९८ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिनुभयो ।
साउनमा लकडाउन खुलेपछि राजस्व असुली बढे पनि भदौदेखि भने स्थानीयस्तरमा भएको निषेधाज्ञाले राजस्व संकलनमा असर पुग्ने देखिएको छ ।
प्रतिक्रिया