विदेश
साइप्रसले रातो पासपोर्ट दुरुपयोग गरेको खुलासा
२०७७ भदौ ८ गते १७:५३

८ भदौ, २०७७ काठमाडौं । साइप्रसले रातो पासपोर्टको दुरुपयोग गरेको खुलासा भएको छ ।
अल जजिराले गरेको अनुसन्धानमा साइप्रसले करिब ७० देशका ठग, कालो धन राख्ने र भ्रष्टाचार गर्ने नेतालाई पासपोर्ट दिएको बताइएको छ ।
साइप्रस लगानी कार्यक्रम भनेर सन् २०१७ देखि १९ सम्म १४ सयभन्दा बढी ब्यक्तिलाई गैरकानूनी रुपमा पासपोर्ट वितरण गरेको तथ्य अल जजिराले फेला पारेको हो ।
युरोप प्रवेशमा रोक लगाइएका ब्यक्तिहरुलाई साइप्रसको पासपार्टले सहजै युरोप प्रवेश गर्न सक्नेछन् । युरोपियन युनियनको सदस्य साइप्रसको पासपोर्टबाहक युरोपका २७ सदस्य राष्ट्रमा सहजै घुम्न, काम गर्न र बैंकिक कारोबार गर्न सक्नेछन् ।
यो पासपोर्ट पाउने अबैध ब्यक्तिको सूचि छिटै सार्वजनिक गर्ने अलजजिराले जनाएको छ ।
प्रतिक्रिया