विदेश
फिलिपिन्समा आत्मघाती बम विष्फोट, दश जनाको मृत्यु
२०७७ भदौ ८ गते १७:३३

८ भदौ, २०७७, मनिला । फिलिपिन्समा एकै पटक दुई वटा आत्मघाती बम विस्फोट भएको छ ।
विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने २४ भन्दा बढी घाइते भएका छन् । आज दिउँसो जोलो र सुलु भन्ने स्थानमा विस्फोट भएको हो ।
एउटा बम सेनाको ट्रक नजिकै विस्फोट भएको थियो । सो स्थानमा पाँच जना सेना र चार जना सर्वसाधारणको मृत्यु भएको छ ।
यस्तै सुलुमा महिलाले विस्फोट गराएकी थिइन् । जहाँ एक जनाको मृत्यु भएको छ ।
विस्फोटमा कम्तिमा २४ सैनिक घाइते भएका छन् । अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।
प्रतिक्रिया