समाज

प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार, रगत अभावले समस्या (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ८ गते १४:४६
प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार, रगत अभावले समस्या (भिडियोसहित)

८ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी विधिको अनुसन्धान गरिरहेको छ । तर, प्लाज्मा थेरापीका लागि रक्तदाताको अभाव हुँदा प्लाज्मा थेरापीका लागि असहज भएको छ ।

नेपालमा १८ हजार जना भन्दा धेरै कोरोना संक्रमित निको भएका छन् । अहिले तिनै निको भएका कोरोना संक्रमितको प्लाज्मा प्रयोग गरेर अरु सिकिस्त विरामीको उपचारका लागि परीक्षण भइरहेको छ ।

प्लाज्मा थेरापीबाट उपचार गर्दा केही सफलता पनि मिलेको छ । यो विधिको उपचारमा संक्रमण निको भएका व्यक्तिको रगत चाहिन्छ । तर चाहे अनुसार रगत नपाउँदा उपचारमा कठिनाई भइरहेको छ ।

प्लाज्मा थेरापीबाट उपचार गर्दा केही सफलता पनि मिलेको छ । यो विधिको उपचारमा संक्रमण निको भएका व्यक्तिको रगत चाहिन्छ । तर चाहे अनुसार रगत नपाउँदा उपचारमा कठिनाई भइरहेको छ ।

त्यसैले निको भैसकेका व्यक्तिलाई रक्तदान गर्न प्लाज्मा थेरापीका लागि काम गरिरहेका चिकित्सकको आग्रह छ ।

अहिले चिकित्सक प्लाज्मा थेरापीका लागि कोरोना संक्रमण निको भएका रक्तदाताको खोजीमा छन् । हजारौँ संक्रमितको बिचमा थोरैले मात्र रक्तदान गरेका छन् । तर संक्रमण निको भएकाले रक्तदान गरे, यो उपचार विधिको अनुसन्धान कत्तिको प्रभावकारी छ भन्ने कुरा छिट्टै स्पष्ट हुनेछ ।

कोरोना संक्रमणबाट निको भएका जो, सुकैले पनि प्लाज्मा थेरापीका लागि चिकित्सकसँग सल्लाह गरेर रक्तदान गर्न सक्छन् । यो अवस्थामा कोरोना संक्रमितको उपचारमा सहयोग गर्नु सबैको दायित्व पनि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *