आर्थिक

बैंक तथा वित्तीय संस्थालाई थप शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

हिमालय टिभी
२०७७ भदौ ८ गते १४:२४
बैंक तथा वित्तीय संस्थालाई थप शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

८ भदौ, २०७७ काठमाडौं । सीमित संख्यामा खुलेका शाखामा सेवाग्राहीको भीड देखिएपछि राष्ट्र बैंकले थप शाखा खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै ५० जना कर्मचारी राखेर आवश्यकता अनुसार थप शाखा खोल्न भनेको हो ।

राष्ट्र बैंककै निर्देशन अनुरुप हाल वाणिज्य बैंकले काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा एउटा शाखा मात्र खोलेर सेवा दिइरहेका छन् । तर राष्ट्र बैंकले आइतबार विभिन्न बैंकका शाखा निरीक्षण गर्दा अधिकांशमा भिडभाड देखिएको थियो ।

यसैकारण राष्ट्र बैंकले सोमबारदेखि नै थप शाखा खोल्न स्वीकृति दिएको हो । काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी भएपछि सीमित संख्यामा मात्र बैंकका शाखा खुलेका छन् ।

तर अहिले विभिन्न कम्पनीले साधारण सेयर निष्काशन गरेका छन् जसका कारण बैंकका शाखामा सेयर आवेदन भर्नेको भीड लाग्न थालेको छ । यद्यपि बैंकलाई सीमित कर्मचारी राखेर मात्र सेवा सञ्चालन गर्न बैठकले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *