८ भदौ, २०७७ काठमाडौं । सुनचाँदीको भाउ आज फेरि घटेको छ । सुन तोलामा ५ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय कायम गरेको छ ।
हिजो तोलाको ९८ हजार ४ सय थियो । यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ४ सय कायम भएको छ । हिजो तोलाको ९७ हजार ९ सय तोकिएको थियो ।
यसैगरी चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ । हिजो तोलाको एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।