आर्थिक
राष्ट्र बैंक ४ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल जारी गर्दै
२०७७ भदौ ८ गते १२:४९

८ भदौ, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन भन्दै राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्न आज बोलकबोल आह्वान गर्न लागेको हो ।
यस अन्तर्गत ९१ दिनका लागि २ अर्ब २३ करोड र १ वर्षका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी हुनेछ ।
ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।
प्रतिक्रिया