खेलकूद

बायर्न म्युनिखले जित्यो युरोपियन च्याम्पियन्स लीग फुटबलको उपाधि

हिमालय टिभी
२०७७ भदौ ८ गते ८:१८
बायर्न म्युनिखले जित्यो युरोपियन च्याम्पियन्स लीग फुटबलको उपाधि

८ भदौ, २०७७ काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लीग फूटबलको उपाधि जितेको छ ।

पोर्चुगलको लिस्बनमा सम्पन्न फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई १(० गोलले पराजित गर्दै बायर्नले छैटौं पटक च्याम्पियन्स लीगको उपाधि उचालेको हो ।

बायर्नको जितमा किङ्गस्ले कोमानले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९ औं मिनेटमा जोसुवा किमिचको पासमा हेड गर्दै गोल गरेका थिए । खेलमा दुबै टोलीले गोल गर्ने थुप्रै अवसर खेर फालेका थिए । १८ औं मिनेटमा एमबाप्पेको पासमा नेयमारको प्रहार बायर्नका गोलकिपर नोयाले बचाउन सफल भए ।

त्यस्तै २२ औं मिनेटमा बायर्नका रोबर्टो लेवान्डोस्कीले प्रहार गरेको बल गोलपोस्टको पोलमा लागेर फर्किएको थियो । लगत्तै एन्जल डी मारियाको पेनाल्टी क्षेत्रभित्रबाटको प्रहार आकासिएको थियो ।

२९औं मिनेटमा नेयमारको फ्रिकिकलाई एन्डर हरेराले प्रहार गर्दा बायर्नका खेलाडीमा ठोक्किएर पोष्ट नजिकैबाट बाहिर गएको थियो । यस्तै ३१ औं मिनेटमा लेवान्डोस्कीको हेडर पिएसजीका गोलरक्षक केलर नाभासले दुई पटकको प्रयासमा बचाउन सफल भएका थिए ।

४० औं मिनेटमा पुनस् बायर्नले तथा ४५ औं मिनेटमा पिएसजीले अग्रता बनाउने मौका गुमाएका थिए। ७० औं मिनेटमा माक्विनोसले एंगल डी मारियाको पासमा डिबक्स भित्रबाट गरेको प्रहारलाई बायर्नले गोलकिपरले बचाएका थिए ।

यस अघि बायर्नले १९७४, १९७५, १९७६,२००१ र २०१३ मा उपाधि जितेको थियो । सात वर्षपछि छैटौं पटक उपाधि जितेको बायर्नले उपाधि जितमा लिभरपुलसँग बराबरी गरेको छ ।

यता, पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लीगको उपाधि जित्न असफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्