विदेश

अमेरिकामा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

हिमालय टिभी
२०७७ भदौ ८ गते ८:१४
अमेरिकामा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

८ भदौ, २०७७, न्युोर्क । अमेरिकामा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिइएको छ ।

ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी खाद्य तथा औषधि प्रशासनलाई प्लाज्मा थेरापी विधिमार्फत उपचारको अनुमति दिइएको बताए छन् ।

विश्वका विभिन्न देशले गम्भीर अवस्थाका संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि अपनाइरहेका बेला अमेरिकामा पनि त्यसको अनुमति दिइएको हो ।

कोरोना भाइरसलाई फेरि एक पटक चिनियाँ भाइरस भन्दै राष्ट्रपति ट्रम्पले अनुसन्धानबाट प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार गर्दा ३५ प्रतिशतसम्म मृत्युदर कम गर्न सकिने पाइएको बताए ।

राष्ट्रपति ट्रम्पले कोरोना संक्रमणबाट ठिक भएकाहरुलाई प्लाज्मा दान गर्न पनि अपिल गरेका छन् । उनले कोरोना भाइरसविरुद्धको खोप छिट्टै बन्ने पनि विश्वासमेत व्यक्त गरेका छन् ।

अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा धेरै ५८ लाख भन्दा बढी मानिस संक्रमित हुँदा १ लाख ८० हजारभन्दा धेरैको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *