खेलकूद

क्रिकेट खेलाडीले पाउने भए डेढ वर्षदेखि रोकिएको तलब

हिमालय टिभी
२०७७ भदौ ७ गते १८:४२
क्रिकेट खेलाडीले पाउने भए डेढ वर्षदेखि रोकिएको तलब

७ भदौ, २०७७, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुले डेढ वर्ष अघि रोकिएको तलब पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले प्रक्रिया पुरा गरेसँगै खेलाडीको रोकिएको पारिश्रमिक आईसिसीले पठाउने भएको हो ।

लामो समयदेखि खेलाडीले पारिश्रमिक नपाएको भन्दै क्यानले गत साता आईसिसीलाई जानकारी गराएको थियो । ए, बी र सी श्रेणी गरी २३ जना खेलाडीको हस्ताक्षर सहित क्यानले पठाएको माग पत्र आईसिसीले सकारात्मक लिएको र रोकिएको पारिश्रमिक यसैसाता पठाउने तयारी गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए ।

क्यान आईसिसीको निलम्बनमा परेदेखि नै नेपाली खेलाडीको पारिश्रमिकदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता समेत आईसिसीकै प्रत्यक्ष निगरानीमा हुँदै आएको छ ।

निर्वाचन मार्फत कार्य समिति आएको क्यानले गत वर्ष खेलाडीको पारिश्रमिकमा १० हजार बढाउन आईसिसीलाई आग्रह गरेको थियो ।

जसलाई आईसिसीले सकारात्मक रुपमा लिएको भन्दै त्यहि अनुसारनै पारिश्रमिक आउने प्याकुरेलले बताए । जस अनुसार ए श्रेणीमा रहेका खेलाडीले ४५ हजार, बी श्रेणीको खेलाडीले ३५ हजार र सी श्रेणीका खेलाडीले २५ हजार पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्