विभाजनको संघारमा पुगेको नेकपालाई फुटबाट केले जोगायो ? (भिडियोसहित)
७ भदौ, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य , देवेन्द्र पौडेलले ६ सदस्यीय कार्यदलको प्रतिवेदन कार्यान्वयन गरेर अघि बढे नेकपाभित्रको विवाद समाधान हुने दाबी गर्नु भएको छ।
हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै पौडेलले कार्यदलको प्रतिवेदनका अधारमा अघि बढ्न सके पार्टी फुटबाट जोगिने दाबी गर्नु भएको हो । साथै उहाँले आगामी चैतमा हुने महाधिवेशनबाट पुराना नेताले विश्राम लिनुपर्ने समेत बताउनु भयो ।
सरकारका काम कारवाही प्रभावकारी बनाउन मन्त्रिमण्डलका सदस्यहरुको हेरफेर र मुख्यमन्त्रीहरु परिवर्तन हुने उहाँको बुझाइ छ ।
कार्यदलको प्रतिवेदनमा प्रधानमन्त्री ओलीको राजीनामाको माग थाती राख्दै जारी स्थायी समिति बैठक एजेण्डामा छलफल गर्ने तथा अध्यक्षको कार्यविभाजनमा केपी ओलीले पुरै कार्यकाल (५ वर्ष) सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारीसहित पार्टी सञ्चालन गर्ने बताउनुभयो ।
प्रतिक्रिया