आर्थिक
यो वर्ष धनकुटामा गोलभेडाको मूल्य अत्यधिक महंगो
२०७७ भदौ ७ गते १३:२१
७ भदौ, २०७७, धनकुटा । धनकुटामा यो बर्ष गोलभेडाको मुल्य अत्यधिक बढेको छ । थोक मूल्य प्रति किलो ९० रुपैया खरिद विक्री हुन थालेको छ ।
अघिल्ला वर्षहरुमा यो सिजनमा ४०–४५ रुपैंयामा विक्री हुने गोलभेडाको मूल्य यो बर्ष भने आकासिएको हो । अहिले तराईको बजारमा गोलभेडा खुद्रा मुल्य एक सय २० रुपैंया प्रति किलो भन्दा बढी पुगेको छ ।
बर्खाको सिजनमा धनकुटा गोलभेडा मुख्य उत्पादन क्षेत्र हो । बर्खामा तराईमा टमाटर उत्पादन बन्द हुने भएकाले पहाडी जिल्लामा मात्र गोलभेडा उत्पादन हुने गरेको छ ।
भारतीय गोलभेडाको आयात रोकिएको तथा उत्पादन कम र खपत बढी भएकाले मूल्य वृद्धि भएको ब्यापारी बताउछन् ।
धनकुटामा करिब १५ सय हेक्टर क्षेत्रफलबाट वार्षिक करिब ५० हजार मेट्रिकटन गोलभेडा उत्पादन हुने गरेको छ ।
प्रतिक्रिया