स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको निन्दा

हिमालय टिभी
२०७७ भदौ ७ गते १३:१२
स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको निन्दा

७ भदौ, २०७७, काठमाडौं । साझा पार्टीले कोरोना संक्रमण बढ्दै जाँदा चिकित्सक र अरु स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएकोमा कडा आपत्ति जनाएको छ ।

पार्टीले विज्ञप्ति निकालेर देशभर चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग गरेको छ ।

साझा पार्टीले बिरामीको सेवामा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीमाथि छरछिमेकमा गरिएको सामाजिक विभेद र दुर्व्यवहारलाई अमानवीय र आपराधिक व्यवहार भनेको छ ।

सहप्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा विपद्को घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्न र सहयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *