विदेश

बालबालिकाका लागि मास्क लगाउने सम्बन्धी नयाँ नियम लागू

हिमालय टिभी
२०७७ भदौ ७ गते ९:१०
बालबालिकाका लागि मास्क लगाउने सम्बन्धी नयाँ नियम लागू

७ भदौ, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारीबाट जोगिन बालबालिकाका लागि मास्क लगाउनेसम्बन्धी नयाँ नियम लागू गरेको छ ।

संगठनले १२ वर्षभन्दा बढी उमेर भएका बालबालिका लागि मास्क लगाउने नियमलाई अनिवार्य गरिदिएको छ । संगठनले जुन मुलुकमा बयस्कका लागि मास्क लगाउने नियम लागू गरिएको छ त्यही नियम १२ वर्षभन्दा बढी उमेरका बच्चाका लागि पनि लागू हुनेछ ।

बालबालिकाले कोरोना संक्रमण कुन गतिमा फैलाउन सक्छ भन्ने यकिन हुन नसकेकाले उनीहरुका लागि यो नियम लागू गरिएको संगठनले जनाएको छ । संगठनले ५ वर्ष र त्योभन्दा कम उमेरका बालबालिकाकालाई मास्क नलगाउन पनि भनेको छ ।

यस्तै ६ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई मास्क लगाउँदा परिवारका सदस्यले लगाइदिने र फुकाल्नमा मद्दत गर्न पनि संगठनले सुझाव दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *