युरोपियन च्याम्पियन्स लीग फुटबलको फाइनल आज

७ भदौ, २०७७ काठमाडौं । युरोपियन च्याम्पियन्स लीग फूटबलको फाइनल खेल आज राति हुँदैछ ।
यस सिजको च्याम्पियन्स लीगको उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच प्रतिस्पर्धा हुँदैछ । पोर्चुगलको लिस्बनमा हुने फाइनल खेल नेपाली समय अनुसार राति पौने एक बजे शुरु हुनेछ ।
आज बायर्न छैटौं पटक च्याम्पियन्स लीगको उपाधि जितेर सिजनको सुखद अन्त्य गर्न चाहन्छ । च्याम्पियन्स लीगको उपाधि जिते बायर्नको यस सिजनको तेस्रो उपाधि हुनेछ ।
क्वाटरफाइनलमा बार्सिलोनालाई आठ(दुईले हराएको बायर्नले सेमिफाइनलमा लियोनलाई तीन(शुन्यले पराजित गरेको थियो ।
उता आज पिएसजी पहिलो पटक च्याम्पियन्स लीगको उपाधिको खोजिमा रहेको छ । पीएसजीले क्वाटरफाइनलमा टलान्टामाथि दुई(एकले र सेमिफाइनलमा लाइप्जिगमाथि ३–० गोलको जित निकालेको थियो ।
प्रतिक्रिया