विदेश

भारतमा अहिलेसम्मकै धेरै एकैदिन ७० हजार बढी कोरोना संक्रमित

हिमालय टिभी
२०७७ भदौ ७ गते ८:१२
भारतमा अहिलेसम्मकै धेरै एकैदिन ७० हजार बढी कोरोना संक्रमित

७ भदौ, २०७७ काठमाडौं । पछिल्लो पटक छिमेकी देश भारतमा हालसम्मकै धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा त्यहाँ अहिलेसम्मकै धेरै ७० हजार भन्दा बढीमा संक्रमित थपिएका हुन् । यो संख्या भारतमा एकैदिन संक्रमित हुने हालसम्मकै उच्च हो । यसअघि त्यहाँ अगष्ट १९ तारिखमा ६९ हजार १ सय ९६ जनामा संक्रमण भएको थियो ।

त्यस्तै शुक्रबार ६९ हजार ३९ जना संक्रमित भएका थिए । भारतमा कोरोना संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । भारतपछि ब्राजिलमा ४६ हजार बढी तथा अमेरिकामा ४३ हजार बढी संक्रमित थपिए । शनिबार विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ५२ हजार भन्दा बढी रह्यो ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी ९ सय ७४, भारतमा ९ सय १८ जना तथा ब्राजिलमा ८ सय २३ जनाले ज्यान गुमाए ।

उता विश्वभर संक्रमित मध्ये १ करोड ५८ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् । आज मेक्सिकोमा ६ हजार भन्दा बढी संक्रमित हुँदा ६ सय ४४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *