आर्थिक

निषेधाज्ञाको यस्तो सकारात्मक असर : स्थानीय उत्पादनले पाउन थाल्यो मूल्य (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ७ गते ६:०२
निषेधाज्ञाको यस्तो सकारात्मक असर : स्थानीय उत्पादनले पाउन थाल्यो मूल्य (भिडियोसहित)

७ भदौ, २०७७, भोजपुर । संक्रमण रोकथामका लागि छिमेकी जिल्लामा लकडाउन भएसँगै भोजपुरका किसानले उत्पादन गरेका कृषि उपजले मूल्य पाउन थालेको छ ।

तराईका विभिन्न जिल्ला तथा भारतबाट ल्याइएका तरकारीका कारण बजार नपाएका स्थानीय उत्पादन अहिले सहजै विक्री हुँदा किसान खुसी भएका छन् ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि छिमेकी जिल्लामा गरिएको लकडाउनले भोजपुरका किसानको उत्पादनले बजार पाउन थालेका छन ।

तराईका विभिन्न जिल्ला तथा भारतबाट ल्याइएका तरकारीका कारण भोजपुरकै तरकारीले मूल्य पाउने गरेको थिएन । तर अहिले अन्तबाट तरकारी आउन नपाएपछि भोजपुरको तरकारीले राम्रो मूल्य पाएको छ । जसले किसान खुशी भएका हुन् ।

स्थानीय उत्पादनले बजार पाउँदा किसान मात्रै हैन स्थानीय व्यापारी पनि दङ्ग छन् ।

कोरोना संक्रमण फैलिन नदिन भोजपुर प्रवेशमा कडाई गरे पनि स्थानीयको उत्पादनलाई बजारीकरणका लागि प्रशासनले पनि सहजीकरण गरिरहेको छ ।

कृषि उपजको बजार व्यवस्थापनका लागि सम्बन्धित निकायले चासो राख्दै किसानलाई थप व्यवसायिक बनाउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *