विदेश

रुसका विपक्षी दलका नेता नाभाल्नीलाई उपचारका लागि जर्मनी लगियो

हिमालय टिभी
२०७७ भदौ ६ गते १७:३३
रुसका विपक्षी दलका नेता नाभाल्नीलाई उपचारका लागि जर्मनी लगियो

६ भदौ, २०७७, मस्को । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई थप उपचारका लागि जर्मनी लगिएको छ ।

कोमामा रहेका ४४ वर्षीय नाभाल्नीको उपचारमा संलग्न चिकित्सकले सहमती जनाएपछि उनलाई बर्लिन लगिएको हो । उनको गम्भीर स्वास्थ्य अवस्थाका कारण हिजो अर्को कुनै स्थानमा लैजान सक्ने स्थिति नरहेको चिकित्सकले बताएका थिए ।

आज भने चिकित्सकले उनको स्वास्थ्य स्थिर रहेका कारण जर्मनी लैजान अनुमति दिएका हुन् ।

नाभाल्नीका समर्थकले उनलाई विमानस्थलको क्याफेमा चियामा विष मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन् । भ्रष्टाचार विरोधी अभियन्ता नाभाल्नी आन्तरिक उडानका बेला राजधानी मस्को जाने क्रममा बिरामी परेका थिए ।

नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । गत जुनमा राष्ट्रपति पुटिनले आफूलाई थप दुई कार्यकाल सत्तामा रहने गरी संविधान संशोधन गरेका थिए । त्यो बेला नाभाल्नीले संविधानमा कू भएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *