विदेश

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो

हिमालय टिभी
२०७७ भदौ ६ गते १३:०४
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो

६ भदौ, २०७७ काठमाडौं । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुने मानिसको संख्या ८ लाख नाघेको छ ।

बितेको २४ घण्टामा थप ५ हजार भन्दा बढी संक्रमितको मृत्युसँगै कोरोनाबाट मृत्यु हुने ८ लाख नाघेका हुन् । शुक्रबार सबैभन्दा बढी अमेरिकामा १ हजार १ सय ७० जनाले ज्यान गुमाए ।

त्यस्तै ब्राजिलमा १ हजार ३१ तथा भारतमा ९ सय ५३ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा १ लाख ७९ हजार भन्दा बढीको मृत्यु हुँदा ब्राजिलमा १ लाख १३ हजार बढी, मेक्सिकोमा ५९ हजार बढी तथा भारतमा ५५ हजार बढीको मृत्यु भैसकेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४८ हजार भन्दा कोरोनाका नयाँ संक्रमित थपिए । सबैभन्दा बढी भारतमा ६९ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यहाँ संक्रमित हुनेको संख्या अघिल्लो दिनको तुलनामा केही बढेको हो ।

अघिल्लो दिन त्यहाँ ६८ हजार भन्दा बढी संक्रमित थपिएका थिए । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या २९ लाख नाघेको छ । त्यस्तै अमेरिकामा ५० हजार भन्दा बढी तथा ब्राजिलमा ३१ हजार जनामा संक्रमित थपिए ।

अमेरिकामा हालसम्म ५७ लाख ९६ हजार बढी तथा ब्राजिलमा ३५ लाख ३६ हजार बढीमा संक्रमणा भएको छ । त्यस्तै विश्वभर संक्रमित मध्ये १ करोड ५७ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।

आज मेक्सिकोमा ५ हजार भन्दा बढीमा संक्रमण देखिंदा ५ सय ४ जनाको मृत्यु भएको छ भने भारतमा ६ हजार बढी संक्रमित हुँदा २२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *