समाज

कोरोना परीक्षणको दर बढाउन विराटनगरमा चन्दा संकलन गरेर मेसिन खरिद

हिमालय टिभी
२०७७ भदौ ६ गते १३:०१
कोरोना परीक्षणको दर बढाउन विराटनगरमा चन्दा संकलन गरेर मेसिन खरिद

६ भदौ, २०७७, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोनाविरुद्धको पीसीआर परीक्षणको दर बढाउन चन्दा संकलन गरी २८ लाख रुपैयाँमा पीसीआर मेसिन खरिद गरेको छ ।

समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगरमा पिसिआर परीक्षणको दर बढाउने उद्देश्यले महानगरले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गरेको हो ।

कोशी अस्पताल विराटनगरको प्रयोगशाललामा स्थापना गर्नेगरी मेसिन खरिद गरिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । मेसिन खरिदका लागि महानगर प्रमुख पराजुलीले आफ्नो एक वर्षको सुविधावापतको ५ लाख रुपैयाँ प्रदान गर्नुभएको थियो ।

त्यसबाहेक उद्योगी व्ययवसायी दाताहरुबाट रकम जम्मा गरेर मेसिन खरिद गरिएको महानगरले जनाएको छ । प्रदेश सरकार मातहत सञ्चालनमा रहेका प्रयोगशालामा महानगरको न्युन मात्र स्वाब परीक्षण भएको र ७ दिनसम्म परीक्षणको रिपोर्ट नआउने समस्या रहँदै आएको थियो ।

मेसिन खरिदसँगै समुदायस्तमा परीक्षणको दर पनि बढाइने विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो।

उपकरण खरिदका लागि सहयोग आह्वान भएपछि ६० लाख रुपैयाँ सहयोग जम्मा गर्ने प्रतिबद्धता आएको र अहिलेसम्म ३० लाख रुपैयाँ जम्मा भइसकेको पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *