विदेश

रुसका विपक्षी दलका नेताको उपचार जर्मनीमा हुने

हिमालय टिभी
२०७७ भदौ ६ गते ८:०५
रुसका विपक्षी दलका नेताको उपचार जर्मनीमा हुने

६ भदौ, २०७७, मस्को । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नी थप उपचारका लागि जर्मनी जाने भएका छन्।

कोमामा रहेका ४४ वर्षीय नाभाल्नीको उपचारमा संलग्न चिकित्सकले उनलाई जर्मनी लैजान सहमती जनाएका हुन् । शुरुमा उनको गम्भीर स्वास्थ्य अवस्थाका कारण अर्को कुनै स्थानमा लैजान सक्ने स्थिति नरहेको चिकित्सकले बताएका थिए ।

नाभाल्नीको साइबेरियनको ओम्स्क अस्पतालमा उपचार भइरहेको छ । उनलाई जर्मनी लैजान जर्मनीले एयर एम्बुलेन्स समेत पठाएको छ ।

नाभाल्नीका समर्थकले उनलाई विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन् ।

भ्रष्टाचार विरोधी अभियन्ता नाभाल्नी आन्तरिक उडानका बेला राजधानी मस्को जाने क्रममा बिरामी परेका थिए ।

नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक हुन् । गएको जुनमा राष्ट्रपति पुटिनले आफूलाई थप दुई कार्यकाल सत्तामा रहने गरी संवैधानिक परिवर्तन गरेका थिए ।

सो बेला नाभाल्नीले त्यसलाई संविधानको उल्लंघन र कू को रुपमा परिभाषित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *