समाज
कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु
२०७७ भदौ ५ गते १८:३२
५ भदौ, २०७७, धनुषाधाम । धनुषामा थप एकजना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नगराइन नगरपालिका फुलगामाका ५० वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
बुधबार ५० वर्षीय पुरुषको स्वास्थ्य अवस्था बिग्रेपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गर्दा यहाँ उपचार सम्भव नरहेकोमा उनलाई काठमाडौँ रिफर गरिएकोमा बुधबार बाटोमै उनको मृत्यु भएको थियो ।
प्रादेशिक अस्पतालमा ल्याउँदा स्वाब त्यहाँ नै लिएकोमा आज उनको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।
मृतकको दाह संस्कार समेत भइसकेको छ । मृतक मुटु तथा थाइराइडका रोगी थिए । कोरोनाबाट धनुषामा अहिले सम्म १० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया