समाज

काठमाडौंबाहिर पनि प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ५ गते १७:५७
काठमाडौंबाहिर पनि प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी (भिडियोसहित)

५ भदौ, २०७७, नेपालगञ्ज । सरकारले काठमाडौं उपत्यका बाहिरका स्वास्थ्य संस्थालाई पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिएको छ ।

नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजले अनुमति पाएसँगै प्लाज्मा थेरापीबाट उपचारको तयारी गरेका छन् ।

कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका संक्रमितको ज्यान जोगाउन प्लाज्मा थेरापी उपयोगी देखिएको छ । यो विधिबाट उपचार गर्दा कोरोना संक्रमण भएर निको भएका व्यक्तिको रगतबाट प्लाज्मा निकालेर गम्भीर विरामीलाई दिइन्छ ।

सरकारले यसलाई देशैभरी विस्तार गर्ने निर्णय गरेको छ । भेरी लगायतका देशभरका मुख्य अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्ने तयारी छ ।

स्वास्थ्य मन्त्रालयले नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजलाई प्लाज्मा थेरापि बिधीबाट उपचार गर्न अनुमति दिएको छ ।

भेरी अस्पतालक कन्सल्टेन्ट फिजिसियन शाहको संयोजकत्वमा मेडिकल कलेजका चिकित्सक, ब्लड बैक, बाँकेका कोरोना फोकल पर्सन र स्वास्थ्यकर्मी रहेको समिति बनाइएको छ । समितिले दाताको विवरण संकलन गरी प्लाज्मा संकलनका लागि तयारी गरिरहेको छ ।

पछिल्ला दिनमा संक्रमितमा लक्षण देखिने र गम्भीर संक्रमित आउने क्रम बढ्दै गएका कारण मृत्यु दर कम गर्न प्लाज्मा थेरापी बिधिबाट उपचार गर्न लागिएको हो ।

बाँकेमा कोरोना संक्रमण पछि निको भएका २५ जना प्लाज्मा दिन तयार छन् । यो विधीबाट उपचार गर्दा धेरै संक्रमित निको भएका छन् । यो विधीबाट ठुलो स्तरमा उपचार गर्न भने कठिनाइ छ । तर गम्भीर अवस्थाका केही संक्रमितका लागि भने लाभदायक हुनसक्ने चिकित्सकको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *