समाज

चितवनमा निषेधाज्ञा एक साता लम्बियो

हिमालय टिभी
२०७७ भदौ ५ गते १७:३५
चितवनमा निषेधाज्ञा एक साता लम्बियो

५ भदौ, २०७७, चितवन । चितवनका विभिन्न स्थानीय तहमा लगाइएको निषेधाज्ञा जिल्लाभरी नै विस्तार गर्दै एकसाता समयावधि थपिएको छ ।

जिल्ला प्रशासन कार्यालयले यसअघि चितवनका ६ वटा स्थानीय तहमा लागू गरेको निषेधाज्ञा जिल्लाभर नै लागू गरेको छ ।

भरतपुर महानगरपालिकामा आज राति १२ बजे सकिने निषेधाज्ञा अब भदौ १२ गते राति १२ बजेसम्म लम्ब्याइएको छ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जिल्ला प्रशासन कार्यालयमा आज भएको सुरक्षा समिति बैठकले निषेधाज्ञा थप गरेको जानकारी दिनुभयो ।

यसअघि गत साउन ३० गते राति १२ बजेदेखि लागू हुने गरी चितवनका माडीबाहेक ६ स्थानीय तहमा लागू हुने गरी एक साता लामो निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *