आर्थिक

निषेधाज्ञामा रेमिट्यान्स काउन्टर खोल्न निर्देशन

हिमालय टिभी
२०७७ भदौ ५ गते १७:०३
निषेधाज्ञामा रेमिट्यान्स काउन्टर खोल्न निर्देशन

५ भदौ, २०७७ काठमाडौं । राष्ट्र बैंकले निषेधाज्ञामा रेमिट्यान्स काउन्टर खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै रेमिटेन्स काउन्टर बन्द नगर्न भनेको हो । निषेधाज्ञा जारी भएपछि रेमिट्यान्स सेवा दिने काउन्टर समेत बन्द छन् । तर त्यसो गर्दा विदेशका नेपालीले पैसा पठाउन नपाएको र त्यसले उनीहरुका आफन्तलाई अप्ठ्यारो पर्न सक्ने भन्दै राष्ट्र बैंकले सेवा शुरु गर्न भनेको हो ।

सेवा सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाउन र सकेसम्म थोरै कर्मचारीबाट काम गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

काउन्टर खोल्दा स्वास्थ्य सुरक्षासँग सम्बन्धित सबै मापदण्ड कायम गर्न समेत भनिएको छ । काठमाडौं उपत्यका लगायतका विभिन्न जिल्लामा निषेधाज्ञा जारीहुँदा सीमित संख्यामा बैंकका शाखा सञ्चालन छन् ।

सीमित संख्यामा खुलेका बैंकका शाखाले रेमिट्यान्स सेवा जारी राखेपनि बैंकबाहेकका रेमिट्यान्स काउन्टर भने बन्द छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *