विदेश

ठगी अभियोगमा पक्राउ अमेरिकी राष्ट्रपतिका पूर्व सल्लाहकार स्टीभ धरौटीमा रिहा

हिमालय टिभी
२०७७ भदौ ५ गते १४:४५
ठगी अभियोगमा पक्राउ अमेरिकी राष्ट्रपतिका पूर्व सल्लाहकार स्टीभ धरौटीमा रिहा

५ भदौ, २०७७ न्युयोर्क । ठगी अभियोगमा पक्राउ परेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन धरौटीमा रिहा भएका छन् ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउन आर्थिक सहयोग उठाउने क्रममा ठगीको अभियोगमा उनी पक्राउ परेका थिए। उनी ५ मिलियन अमेरिकी डलर तिरेर धरौटीमा रिहा भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

छुटेपछि उनले सीमा क्षेत्रमा पर्खाल बनाउन नदिन आफूविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका छन् । ब्यानन अन्य तीनजनासहित न्यूयोर्कको म्यानहटनबाट पक्राउ परेका थिए ।

उनीहरुमाथि वी विल्ड द वाल अभियान अन्तर्गत संकलित भएको रकम मध्ये १० लाख डलर अनियमितता गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *