विदेश

रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको उपचार जर्मनीमा हुने

हिमालय टिभी
२०७७ भदौ ५ गते १४:४२
रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको उपचार जर्मनीमा हुने

५ भदौ, २०७७ जर्मनी । विष खुवाइएको आशंका गरिएका रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको उपचारमा जर्मनीले सबै खालको सहयोग गर्ने जनाएको छ।

नभाल्नीलाई लिन जर्मनीबाट एयर एम्बुलेन्स गैसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नभाल्नीको रुसको एक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

भ्रष्टाचार विरोधी अभियानकर्ताको छवि बनाएका नभाल्नी आन्तरिक उडानका बेला राजधानी मस्को जाने क्रममा बेहोस भएपछि जहाजलाई आपत्कालिन अवतरण गराइएको थियो । उनी ओम्स्क शहरको एक अस्पतालमा छन् ।

नभाल्नीका प्रवक्ताले विमानस्थलको क्याफेमा उनलाई चियामा विष हालेर दिइएको बताएका छन् ।

जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीलाई आवश्यक हरेक सहयोग गर्न तयार रहेको बताएकी छन्। ४४ वर्षीय नभाल्नी पुटिनको विरोध गरेकोमा कैयौं पटक जेल परिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *