आर्थिक
काठमाडौं उपत्यकामा सीमित बैंकिङ सेवा सञ्चालनमा
२०७७ भदौ ५ गते १३:१५
५ भदौ, २०७७, काठमाडौं । काठमाडौं उपत्यकाका आजदेखि पुनस् बैंकका खुलेका छन् ।
हिजो निषेधाज्ञाको पहिलो दिन कर्मचारीलाई प्रहरीले रोकेको भन्दै बैंकर्स संघले बैंक नखोल्ने निर्णय गरेको थियो । बैंक खोल्न हिंडेका कर्मचारीलाई प्रहरीले रोकेको र अपमान गरेको बैंकर्स संघको भनाइ थियो ।
तर हिजै प्रशासनसँगको छलफलमा बैंकका कर्मचारीलाई नरोक्ने सहमति भएपछि आजदेखि बैंक फेरि खुलेका हुन् ।
आजदेखि उपत्यकाका तीनवटै जिल्लामा हरेक बैंकका एक(एक वटा मात्रै शाखा खुल्ने छन् । त्यस्तै प्रत्येक बैंकका बढीमा ३० जना कर्मचारी मात्रै कार्यालय उपस्थित हुनेछन् ।
बैंकले सकभर विद्युतीय कारोबार गर्न नागरिकलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया