समाज
कोरोना संक्रमित बढेपछि पल्पामा निषेधाज्ञा जारी
२०७७ भदौ ५ गते १३:११

५ भदौ, २०७७, पाल्पा । छिमेकी जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि संभावित जोखिमबाट जोगिन भन्दै निषेधाज्ञा जारी गरिएको छ ।
हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले संभावित संक्रमणको जोखिम रोक्न आज राति १२ बजेदेखि भदौ १२ गतेसम्म निषेधाज्ञा लागू जारी गरिएको छ ।
खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी सञ्चालन गर्न नपाइने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।
खाद्यान्न सम्बन्धी पसल, फलफूल, तरकारी दूध डेरी पसल भने प्रत्येक दिन विहान ७ बजेदेखि १०ः०० बजेसम्म मात्र खोल्न पाउने ब्यवस्था गरिएको छ ।
प्रतिक्रिया