खेलकूद

सीपीएलमा ट्रिनबागो नाइट राइडर्स विजयी

हिमालय टिभी
२०७७ भदौ ५ गते ८:२०
सीपीएलमा ट्रिनबागो नाइट राइडर्स विजयी

५ भदौ, २०७७ काठमाडौं । क्यारेबियन प्रिमियर लीग (सीपीएल)मा ट्रिनबागो नाइट राइडर्स विजयी भएको छ ।

आज सम्पन्न खेलमा ट्रिनबागोले सन्दीप लामिछाने आबद्ध जमैका तलावाजमाथि ७ विकेटको जित निकालेको हो ।

१ सय ३६ रनको लक्ष्य ट्रिनबागोले १८ दशमलव एक ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गरेको थियो । उसका लागि सुनिल नरायनले ५३ तथा कोलिन मुनरोले अविजित ४९ रन बनाए ।

बलिङ्मा तलावाजका फिडेल इडबार्डस, मुजिब उर रहिम र सन्दीप लामिछानेले समान एक(एक विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले ३० रन खर्चिएर एक विकेट हात पारे ।

यसअघि ट्रिनडाडस्थित ब्रायन लारा क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको तलावाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । खराब शुरुवात गरेको तलावाजले शुन्य रनमै पहिलो, १० रनमा दोस्रो तथा १९ रनमा तेस्रो विकेट गुमाउँदै दबावमा परेको थियो ।

त्यसपछि ग्लेन फिलिप्सले ५८, आन्द्रे रसेलले २५, आसिफ अलीले २२ तथा रमाल लुइसले १५ रन बनाउँदै तलावाजको इनिंग्स केही सम्हालेका थिए ।

बलिङतर्फ ट्रिनबागोका अली खान र जेडन सिल्सले समान दुई(दुई विकेट लिए । पहिलो खेलमा तलावाजले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्