निषेधाज्ञाको पहिलो दिन बैंकहरु खुलेनन्
४ भदौ, २०७७ काठमाडौं । निषेधाज्ञाको पहिलो दिन आज बैंक खुलेका छैनन् ।
बैंक खोल्न हिँडेका कर्मचारीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाल बैंकर्स संघले आज बैंकका कुनै पनि शाखा नखोल्न निर्देशन दिएको हो ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले कर्मचारीलाई दुःख दिएका कारण बैंक नखोल्न भनिएको जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा पालना गराउन सडकमा खटिएका प्रहरीले बैंकका कर्मचारीलाई रोकेका छन् । बैंकका सिईओलाई समेत बाटैमा रोकिएको संघले जनाएको छ ।
निषेधाज्ञाका बेला काठमाडौंमा पाँच , भक्तपुरमा १ र ललितपुरमा २ वटा गरी एक बैंकका आठ वटा शाखा खोल्ने सहमति भएको थियो ।
उता ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले भने आफूहरुले माथिको आदेश बमोजिम काम गरिरहेको बताउनु भयो ।
प्रतिक्रिया