खेलकूद

सीपीएलमा सन्दीप आवद्ध जमैका तलावाको विजयी सुरुवात

हिमालय टिभी
२०७७ भदौ ४ गते ७:४५
सीपीएलमा सन्दीप आवद्ध जमैका तलावाको विजयी सुरुवात

४ भदौ, २०७७ काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा सन्दीप लामिछाने आवद्ध जमैका तलावाजले विजयी शुरुवात गरेको छ ।

गएराति सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गर्दै जमैकाले प्रतियोगितामा विजयी शुरुवात गरेको हो । सेन्ट लुसियाले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य जमैकाले १८ ओभर ५ बलमा भेट्टाएको थियो ।

जमैकाको जितमा आसिफ अलिले अविजित ४७ रन जोडे । त्यस्तै ग्लेन फिलिप्सले ४४ तथा रोभम्यान पोवेलले २६ रन बनाए । सेन्ट लुसियाका केस्रिक विलियम्सले २ विकेट लिए ।

यस अघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

उसका लागि रोस्टन चेसले ५२ रनको अर्धशतकीय इनिंग्स खेले । यस्तै नाजिबउल्लाह जाड्रनले २५ रन जोड्दा आन्द्रे फ्लेटचरले २२ रन बनाए । जमैकाका मुजिब उर रहमान र भिरासामी परमाउलले समान २(२ विकेट हात पारे । उता ४ ओभर बलिङ गरेका सन्दीपले २३ रन खर्चिएर १ विकेट लिए ।

जितपछि जमैका तालिकाको शीर्ष स्थानमा रहेको छ । जमैकाले अब आफ्नो दोस्रो खेलमा ट्रीनबागो नाइट राईडर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्