खेलकूद

च्याम्पियन्स लीग फुटबल उपाधिका लागि बायर्न म्युनिख र पीएसजीबीच प्रतिस्पर्धा हुने

हिमालय टिभी
२०७७ भदौ ४ गते ७:३७
च्याम्पियन्स लीग फुटबल उपाधिका लागि बायर्न म्युनिख र पीएसजीबीच प्रतिस्पर्धा हुने

४ भदौ, २०७७ काठमाडौं । युरोपियन च्याम्पियन्स लीग फूटबलको उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच प्रतिस्पर्धा हुने भएको छ ।

गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३(० गोलले हराउँदै आज पाँच पटकको उपाधि विजेता बायर्न फाइनलमा पुगेको हो । बार्यनले ११ औं पटक च्याम्पियन्स लीगको फाइनलमा स्थान बनाएको छ ।

पोर्चुगलको लिस्बनस्थित स्टाडियो जोसे अल्भालाडे रंगशालामा सम्पन्न खेलमा बायर्नको जितमा सर्ज गनाब्रीले दुई गोल गर्दा रोबर्ट लेवान्डोस्कीले एक गोल गरेका थिए।

गनाब्रीले १८ औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । लगत्तै उनले ३३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका थिए । त्यसपछि ८८ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बायर्न ३(० ले विजयी भएको हो ।

खेलमा लियोनले समेत गोलको केहि अवसर पाएपनि गोल भने गर्न सकेन । बायर्न र पिएसजीबीचको फाइनल खेल अगस्ट २४ मा हुनेछ । पिएसजी पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३(० ले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्