भारतमा अहिलेसम्मकै धेरै ६९ जनामा कोरोना संक्रमण पुष्टि
४ भदौ, २०७७ काठमाडौं । पछिल्लो समय भारतमा सबैभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ हालसम्मकै धेरै ६९ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यो संख्या भारतमा एकैदिन संक्रमित हुने हालसम्मकै उच्च हो ।
यसअघि अगष्ट १२ तारिखमा त्यहाँ ६७ हजार ६६ जना संक्रमित थपिएका थिए । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या २८ लाख नाघेको छ ।
त्यस्तै भारतपछि ब्राजिलमा ४८ हजार बढी तथा अमेरिकामा ४३ हजार बढी संक्रमित थपिए । बुधबार विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ६१ हजार भन्दा बढी रह्यो ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी १ हजार २ सय ५४, ब्राजिलमा १ हजार १ सय ७० तथा भारतमा ९ सय ८० जनाले ज्यान गुमाए ।
विश्वभर संक्रमित मध्ये १ करोड ५२ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।
प्रतिक्रिया