पहिरोले घर बगाउँदा दैलेखमा दुई र सुर्खेतमा एक जनाको मृत्यु, कालिकोटमा चार जना बेपत्ता
३ भदौ, २०७७, सुर्खेत । पहिरो परी कर्णाली प्रदेशमा तीन जनाको मृत्यु भएको छ ।
पहिरोले घर बगाउँदा दैलेखमा दुई र सुर्खेतमा एकजनाको मृत्यु भएको हो । कालिकोटमा चार जना बेपत्ता भएका छन्।
सुतिरहेको अबस्थामा घर बगाउँदा दैलेखको भगवतीमाई गाउँपालिका–५, कट्टीका ६६ वर्षीय बलबहादुर रावत र ठाँटीकाँध गाउँपालिका–४ गैरीगाउँका १२ वर्षीय जनक कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुर्खेतको सिम्ता गाउँपालिका–१, का रंगे खत्रीको घर पहिरो बगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
कालिकोटको चाउथे गाउँमा पहिरोमा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वर्ष ६० का चन्द्र सहकारी र उहाँ बुहारी पम्फा सहकारी, झिमु सहकारी र उहाँका सात बर्षका छोरा रमित सहकारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया