खेलकूद

बार्सिलोनाको नयाँ प्रशिक्षकमा नेदरल्याण्डका कोमेन

हिमालय टिभी
२०७७ भदौ ३ गते १६:०९
बार्सिलोनाको नयाँ प्रशिक्षकमा नेदरल्याण्डका कोमेन

३ भदौ, २०७७ काठमाडौं । स्पेनिश क्लब बार्सिलोनाले नेदरल्याण्डका रोनाल्ड कोमेनलाई नयाँ प्रशिक्षक बनाउने भएको छ ।

नेदरल्याण्डको राष्ट्रिय फुटबल टिम हेरिरहेका कोमेनलाई बार्सिलोनाले क्लबको नयाँ प्रशिक्षकको जिम्मेवारी दिन लागेको हो ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले क्लबको नयाँ प्रशिक्षकमा कोमेनलाई राख्ने र यसै हप्ता औपचारिक सम्झौता हुने बताएका छन् ।

बार्सिलोनाका पूर्व डिफेन्डर तथा सहायक प्रशिक्षक कोमेनले पनि मुख्य प्रशिक्षकका रुपमा क्लबमा फर्कन सहमति जनाइसकेका छन् ।

सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाबाट खेलेका कोमेनले १९९८ देखि २००० सम्म क्लबको सहायक प्रशिक्षकको जिम्मेवारी समेत सम्हालेका थिए ।

बार्सिलोनालाई पहिलो पटक युरोपियन च्याम्पियन बनाउन महत्वपूर्ण प्रर्दशन गरेका कोमेनले क्लबलाई चार ला लिगा उपाधिसमेत जिताएका छन् ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले पराजित भएपछि बार्सिलोनाले ब्यापक हेरफेरको तयारी गरेको छ ।र, नयाँ प्रशिक्षकको खोजी त्यसैको परिणाम हो ।

बार्सिलोनाले खेल निर्देशक एरिक एबिडाल र मुख्य प्रशिक्षक क्विक सेटिनलाई पदबाट बर्खास्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्