आर्थिक

साउनमा वाणिज्य बैंकको निक्षेप र कर्जा लगानी दुवै घट्यो

हिमालय टिभी
२०७७ भदौ ३ गते १५:०२
साउनमा वाणिज्य बैंकको निक्षेप र कर्जा लगानी दुवै घट्यो

३ भदौं, २०७७ काठमाडौं । साउनमा वाणिज्य बैंकको निक्षेप र कर्जा लगानी दुवै घटेको छ ।

साउनमा बैंकको निक्षेप ८ अर्ब रुपैयाँ र कर्जा लगानी २५ अर्ब रुपैयाँले घटेको बैंकर्स संघले जनाएको छ । असार मसान्तमा वाणिज्य बैंकको कुल निक्षेप ४ खर्ब ८७ अर्ब रुपैयाँ थियो ।

तर साउन मसान्तसम्ममा निक्षेप घटेर ३४ खर्ब ७९ अर्ब रुपैयाँमा झरेको हो । असारको तुलनामा सरकारी खर्चमा कमी आएपछि वाणिज्य बैंकको निक्षेप समेत घटेको हो ।

माग नबढेपछि कर्जा लगानी समेत घटेको छ । साउन मसान्तसम्ममा वाणिज्य बैंकको कर्जा लगानी २८ खर्ब ७८ अर्ब रुपैयाँ छ । असारमा वाणिज्य बैंकले २९ खर्ब ३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

थप कर्जा माग नभएकै कारण बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा २ खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता थ‍ुप्रिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *