समाज

खोलामा मृत फेला युवकको हत्या भएको पुष्टि, पाँच जना पक्राउ

हिमालय टिभी
२०७७ भदौ ३ गते १४:५१
खोलामा मृत फेला युवकको हत्या भएको पुष्टि, पाँच जना पक्राउ

३ भदौ, २०७७ सनसरी । सुनसरी खोलामा मृत अवस्थामा फेला परेका एक युवकको हत्या भएको पुष्टि भएको छ । प्रहरीले हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ७ का २२ वर्षीय गुणराज यादव साउन ३१ गते सुनसरी खोलामा बोराभित्र मृत अवस्थामा फेला परेका थिए ।

हत्या अभियोगमा उनकै साथीहरु स्थानीय दिनेश महतो, पप्पु राम, शिव कुमार मेहता, दिपक कुमार यादव र प्रदिप रामलाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

उनीहरुले साउन २९ गते साँझ ७ बजे कुटपिट गरी हत्या गरेको र बोरामा हालेर खोलामा लगी फालेको प्रहरीमा वयान दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *