समाज

ड्युटीमा रहेका प्रहरीलाई जीपले ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

हिमालय टिभी
२०७७ भदौ ३ गते १२:५३
ड्युटीमा रहेका प्रहरीलाई जीपले ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

३ भदौं, २०७७ पोखरा । पोखराको मालेपाटनमा ड्युटीमा रहेका प्रहरीलाई जीपले ठक्कर दिदा एक प्रहरी जवानको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

राती एक बजे बोलेरो जीपले पछाडीबाट ठक्कर दिदा ड्युटीमा रहेका पाल्पाका प्रहरी जवान चन्द्र वगालेको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष हमालले जानकारी दिनुभयो ।

कास्कीमा जारी भएको निषेधाज्ञाको कार्यान्वय गराउन उहाँ ड्युटिमा खटिनु भएको थियो । बगालेसँगै रहेका प्रहरी हवल्दार डम्बर बहादुर थारु गम्भिर घाइते हुनुभएको छ ।

बर्दिया घर भएका थारुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *