खेलकूद

पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश

हिमालय टिभी
२०७७ भदौ ३ गते ८:११
पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश

३ भदौ, २०७७ काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लीग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब आरबी लाइप्जिगमाथि ३-० गोलको नतिजासहित पिएसजी पहिलो पटक च्याम्पियन्स लीगको फाइनलमा पुगेको हो ।

पोर्चुगलको लिस्बनस्थित स्टाडियो डा लुज रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा पिएसजीका लागि मार्किन्होस, एन्जल डि मारिया र जुआन बर्नेटले समान एकएक गोल गरेका थिए।

१३ औं मिनेटमै मार्किन्होसले हेडमार्फत गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका । त्यसपछि पिएसजीका लागि ४२ औं मिनेटमा डि मारिया र ५६औं मिनेटमा बर्नेटले गोल थपेका थिए ।

अब उपाधिका लागि पिएसजीले बायर्न म्युनिख र लियोनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बायर्न म्युनिख र लियोनबिचको सेमिफाइनल खेल आज राति हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्