अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोह, राष्ट्रपति, प्रधानमन्त्री सैनिक नियन्त्रणमा

३ भदौ, २०७७, माली । अफ्रिकी देश मालीमा राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्ति सैनिक नियन्त्रणमा लिइएका छन् ।
सैन्य कू को प्रयासमा सुरक्षाकर्मीले राष्ट्रपति र प्रधानमन्त्रीका साथै शीर्ष अधिकारीलाई बन्धक बनाएका हुन्।
राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसेसहित उच्च पदस्थ अधिकारीलाई सुरक्षाकर्मीले राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
त्यस्तै काती क्याम्पमा माथिल्लो तहको आदेश मान्न सैनिकले अस्वीकार गरेका छन् ।
सैनिकले आदेश मान्न अस्वीकार गरी राष्ट्रपति, प्रधानमन्त्रीसहितलाई नियन्त्रणमा लिएको घटनाको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको छ । मालीमा सैनिकको पारिश्रमिकलाई लिएर आक्रोश छ ।
यस्तै बिद्रोहीसँग लगातार बढ्दै गएको हिंसा तथा राष्ट्रपतिसँग पनि असन्तुष्ट सैनिक महिनौंदेखि आन्दोलनरत थिए ।
यसैबीच राष्ट्रपति केइताले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका छन् । टेलिभिजन सम्बोधनमा राष्ट्रपति केइटाले सरकार र संसद् पनि भङ्ग गरेको बताए।
प्रतिक्रिया