खेलकूद

कोरोना महामारीको असर, खेलाडीलाई फिटनेशको चिन्ता (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ३ गते ७:३१
कोरोना महामारीको असर, खेलाडीलाई फिटनेशको चिन्ता (भिडियोसहित)

३ भदौं, २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले खेलकुद गतिविधिहरु ठप्प छन् । खेलाडीले प्रतियोगिता त खेल्न पाएका छैनन् नै तर, अभ्यास गर्न समेत मुस्किल भएको छ । जसले गर्दा फिटनेस र लय गुम्ने चिन्ताले खेलाडीलाई सताइरहेको छ ।

लकडाउन खुकुलो भएपछि प्रशिक्षणमा फर्किन पाइन्छ भनेर खुसी भएका खेलाडी फेरी दुःखी भएका छन् । काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षणका कार्यक्रम पनि रोकेपछि खेलाडी निराश छन ।

विषेश गरी समूहगत खेलका खेलाडीलाई लय गुम्ने चिन्ता छ । राष्ट्रिय फुटबल टिमका मिडफिल्डर अञ्जन विष्ट ब्यक्तिगत रुपमै अभ्यास गरेर भएपनि आफूलाई फिट राख्न प्रयास गरिरहेका छन् ।

तर, नेपाली खेलाडीसँग प्रशिक्षणका लागि पर्याप्त साधन छैन । त्यसैले उनीहरुलाई फिटनेस र फर्म दुबै गुम्ने हो की भन्ने चिन्ता छ । अखिल नेपाल फूटबल संघ एन्फाले भदौ १ गतेदेखि तयारी गर्नेगरी खेलाडीलाई काठमाडौं बोलाएको थियो ।

तर, महामारीको बढ्दो रुप र एसियाली फुटबल संघले विश्वकप छनोट खेल स्थगित गरेपछि सबै खेलाडी घर फर्किएका छन् । यो अवस्थामा फिजियोथेरापिस्टको भूमिका महत्वपूर्ण देखिएको छ ।

ब्यक्तिगत रुपमै भएपनि अभ्यास गरिरहे खेलाडीलाई प्रविधिका माध्यमबाट फिजियोले आवश्यक सल्लाह र सुझाव दिइरहेका छन् ।

लकडाउन खुकुलो भएपछि नेपालमा कोरोना संक्रमित र मृतकको संख्या दिन प्रतिदिन बढिरहेको छ । फुटबल र क्रिकेटका केही खेलाडी समेत संक्रमित भइसकेका छन् ।

यही अवस्था हेरेर राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद गतिविधि रोकेको हो । यो समयमा आफूलाई फिट राख्न खेलाडी आफैँ सक्रिय हुनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्