समाज

भोजपुरमा घरदैलोमै नागरिकता वितरण, सर्वसाधारण दङ्ग (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २ गते २०:३७
भोजपुरमा घरदैलोमै नागरिकता वितरण, सर्वसाधारण दङ्ग (भिडियोसहित)

२ भदौ, २०७७, भोजपुर । नागरिकता नहुँदा सरकारी सेवा सुविधाबाट वर्षौदेखि बञ्चित बृद्धबृद्धा, एकल महिला तथा अपाङ्गता भएकालाई जिल्ला प्रशासन कार्यालय भोजपुुरले घरदैलोमै सेवा दिन थालेको छ । प्रशासनले घरैमा पुगेर यस्ता व्यक्तिलाई नागरिकता वितरण थालेको हो ।

मतदाता नामावली संकलनका बेला मतदाता सूचीमा नअटेका बृद्ध, अशक्त, एकल महिलाको पहिचान गरेर नागरिकता दिन थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय र सामाजिक अभियन्ताको सहकार्यमा घरदैलोमै नागरिकता वितरण सुरु गरिएको हो । नागरिकताबाट बञ्चित व्यक्तिलाई राज्यको सेवा सुविधामा पहुँचका लागि सम्वन्धित स्थानीय तहको दायित्व भएकाले पहल कदमी बढाउनुपर्ने सामाजिक अभियन्ता बताउँछन् ।

प्रशासनले अहिलेसम्म घरमै पुगेर ३ जना बृद्ध तथा अपांगलाई नागरिकता वितरण गरेको जनाएको छ । नेपाल सरकारले दिने सेवा सुविधाबाट बञ्चित नहोस भन्ने लक्ष्यले यस्तो सेवा शुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेत बताउनुहुन्छ ।

रामप्रसाद राई गाउँपालिका ४, दलगाउँकी ७२ वर्षीया हिरा राई, अरुण गाउँपालिका २, चम्पेका ९३ वर्षीय लाटा सार्की र भोजपुुर नगरपालिका १२, टक्सारका ७१ वर्षीय बैसाखी कपालीलाई प्रशासनले घरमै पुगेर नागरिकता दिएको छ । नागरिकताबाट बन्चित अन्यलाई पनि वितरण गर्ने प्रशासनको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *