समाज

कर्णाली प्रदेशमा ८६ वर्षीया वृद्धले जितिन् कोरोना

हिमालय टिभी
२०७७ भदौ २ गते १७:५९
कर्णाली प्रदेशमा ८६ वर्षीया वृद्धले जितिन् कोरोना

२ भदौं, २०७७, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट कोरोना संक्रमण जितेर आज ८६ वर्षीया वृद्धा डिष्चार्ज हुनुभएको छ । अर्का २६ वर्षीया महिलासँगै उहाँ पनि संक्रमणमुक्त भएर डिस्चार्ज हुनु भएको हो

प्रदेश अस्पताल सुर्खेतबाट आज २ जना डिष्चार्ज हुनुभएको छ । रक्तचाप श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी वृद्धालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

१४ दिन आइसोलेसनमा राखिएको र अहिले उहाँमा भएका सबै समस्या निको भएको कोरोना विशेष अस्पतालका डा. लोकराज कँडेलले जानकारी दिनुभयो ।

बृद्धासँगै २२ दिनको शिशुसहित आइसोलेसनमा रहेकी २६ वर्षिया महिला पनि डिस्चार्ज हुनु भएको छ ।

८६ वर्षीया वृद्धा र शिशुसहितको आमालाई संक्रमण मुक्त भएर डिष्चार्ज गरि घर पठाउन पाउँदा अस्पतालमा कार्यरत चिकित्सकले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *