युवाहरु कोरोना भाइरसको मुख्य बाहकः विश्व स्वास्थ्य संगठन

२ भदौ, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठनले युवाहरु कोरोना भाइरसको मुख्य बाहक बनिरहेको बताएको छ ।
२० देखि ४० वर्षसम्मका ब्यक्तिले कोरोना भाइरस एक ब्यक्तिबाट अर्कोमा सार्न ठूलो भुमिका खेलिरहेको डब्ल्यूएचओले जनाएको छ ।
डब्ल्यूएचओका अनुसार त्यस उमेर समूहका ब्यक्तिले लक्षण नदेखिने तर भाइरस बोक्ने गरेका छन् । कतिपय अवस्थामा उनीहरुलाई भाइरसले कुनै असर नगर्ने भएपनि ती ब्यक्तिले भाइरस सार्ने खतरा छ ।
त्यस्ता ब्यक्तिमार्फत बुढा पाका र विरामी मान्छेमा भाइरस सरिरहेको डब्ल्यूएचओको भनाई छ । पछिल्लो समय लक्षण नदेखिने संक्रमितको संख्या बढिरहेकाले बढी सावधान रहन डब्ल्यूएचओको अपिल छ ।
डब्ल्यूएचओले सबैलाई भौतिक दूरी कायम गर्न, मास्क लगाउन, बारम्बार हात धुन, स्यानिटाइजर प्रयोग गर्न, नाक, मुख आँखा नचलाउन र अत्यावस्यक काम बाहेक घरभित्र बस्न सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया