पूर्व अमेरिकी राष्ट्रपति ओबामाकी पत्नी मिचेलले गरिन् राष्ट्रपति ट्रम्पको आलोचना

२ भदौं, २०७७ न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिचेलले गलत काम गरिरहेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् ।
आशन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनको समर्थनमा भोट माग्ने क्रममा पूर्व प्रथम महिला ओबामाले ट्रम्प अमेरिकी राष्ट्रपतिका लागि उपयुक्त नभएको बताइन् ।
डेमोक्रेटिक पार्टीको भेलामा प्रशारण गरिएको भिडियो सन्देशमा मिचेल ओबामाले ट्रम्प कोरोना भाइरसको महामारी रोक्न असफल भएको, बढ्दो बेरोजगारी, रंगभेदको मामला जस्ता पक्षमा समेत केही काम गर्न नसकेको बताइन् ।
उनले चार वर्षमा गर्न सक्ने धेरै राम्रा काम भएपनि ट्रम्पले समस्या मात्रै बढाएको आरोप लगाइन् ।
आउँदो नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिँदैछन् भने डेमोक्रेटिकका तर्फबाट जो बाइडेन उम्मेद्धवार बनेका छन् । बाराक ओबामा राष्ट्रपति रहँदा बाइडेन उपराष्ट्रपति बनेका थिए ।
प्रतिक्रिया